Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / News / थप २४१ जनामा सङ्क्रमण, दुईको मृत्यु

थप २४१ जनामा सङ्क्रमण, दुईको मृत्यु

/
/
/
94 Views

काठमाडौं, पुस १३ गते । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ५३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ ।

यसैगरी, देशभर हालसम्म चार हजार ९१० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Read also

डा.सापकोटाको ‘राणाकालीन तालुकदार र मुक्ते घर्ती’ पुस्तक सार्वजनिक

काठमाडौं, पुस १३ गते । राणाकालीन समयको तालुकदारी प्रथाबारे लेखिएको ‘तालुकदार र मुक्ते घर्ती’ नामक पुस्तक सार्वजनिक भएको छ ।
डा. केशबप्रसाद सापकोटाद्वारा लिखित सो पुस्तकमा राणकालमा नेपालमा कामय तालुकदारी प्रथा र लेखकका हजुरबुबा रामप्रसाद सापकोटाले जेठो छोरो जगन्नाथ सापकोटाको तालुकदार हुने उमेर नपुगेका कारण दामकामको अधिकार आफ्नै घरमा काम गर्ने ‘कमारा’लाई दिएर गरेको एक प्रकारको सामाजिक विद्रोहलाई समेटिएको छ ।

काभ्रे कुशादेवी माबीको ६३औं वार्षिकोत्सबका अवसरमा आयोजित एक कार्यक्रममा पनौती नगरपालिकका प्रमुख भीमप्रसाद न्यौपानेले सो पुस्तक विमोचन गर्नुभएको थियो ।

पुस्तकमा लेखक सापकोटाले राणाकालमा आफ्ना पिताले तत्कालीन प्रहरी सेवामा रहँदा शहीद गंगालाल श्रेष्ठ फाँसीको सजायँ पाउन अघि भूमिगत रहेका बखत उहाँलाई आफू र श्रीमती समेतले सहयोग गरेको सो कुरा जानकारी भएपछि राणाहरुबाट जागिर खोसुवामा परेको प्रशंग उल्लेख गर्नुभएको छ ।
पुस्तकमा तत्कालीन सामाजिक परिवेश लगायत योगी नरहरिनाथको राजनीतिक जीवनसँग जोडिएका कुराहरु समावेश गरिएको छ । पुस्तकमा राणा शासक विरुद्धको आन्दोनमा वीपी कोइराला निकट रहेर काम गर्नु भएका देवीप्रसाद सापकोटाको जन्म पनौतीको विहावरमा भएको र उहाँले चन्द्रशम्शेर निकट रहेर विदेश मामिला हेर्ने जैसी खानामा काम गर्नु भएको कुरा पुस्तकमा समेट्नु भएको छ ।

सो पुस्तको पूर्व सेनानी उद्धव पुडासैनी र डा.विमला श्रेष्ठले सम्पादन गर्नुभएको थियो । सो अबसरमा लेखक सापकोटाले आफ्ना मातापिताको स्मरणमा विद्यालयमा एकलाख ११ हजार रुपियाको अक्षयकोष स्थापना गरी सो रकमबाट छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :