Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / Health / थप २२४ जना सङ्क्रमण, चार जनाको मृत्यु

थप २२४ जना सङ्क्रमण, चार जनाको मृत्यु

/
/
/
102 Views

काठमाडौं, पुस १६ गते । पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८८५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एक हजार १९९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा चार जना मृत्युकाे भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९४ पुगेको छ ।

यसैगरी, देशभर हालसम्म चार हजार ८७९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :