Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / News / थप ३४२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य

थप ३४२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य

/
/
/
90 Views

काठमाडौं, पुस १७ गते । पछिल्लो २४ घण्टामा ३४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार सात जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १५ हजार ९५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ५९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म चार हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५९ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :