Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / Health / २९१ जना सङ्क्रमित थप, दुईको मृत्यु

२९१ जना सङ्क्रमित थप, दुईको मृत्यु

/
/
/
140 Views

काठमाडौं, पुस १९ गते । पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार सात सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ७९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ५९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म पाँच हजार पाँच जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :