Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / News / ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

/
/
/
17 Views

नयाँ दिल्ली, २० पुस (रासस÷सिन्ह्वा) ः भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमित बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गर्नुभएको थियो ।

यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाइन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ ।

भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरुमा निकै अनियन्त्रितरुपमा बढिरहेको बताइएको छ । नयाँ सङ्क्रमितको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको सङ्केत दिएको यहाँका अधिकारीले जनाएका छन् ।

भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र २२१ जना ओमिक्रोन भेरियन्टका सङ्क्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन सङ्क्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ सङ्क्रमितको सङ्ख्यामा ५०० प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यहाँका स्वास्थ्यसम्बन्धी अधिकरीले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै सङ्क्रमित आउने अनुमान गरिएको बताएका छन् । अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरुले जनाएका छन् ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :